बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढंगले चले सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे । 

प्रहरीलाई अनावश्यकरुपमा त्रसित नभएर न्याय स्थापनामा दृढ ढंगले अगाडि बढ्न प्रधानमन्त्रीको आग्रह थियो ।

 ‘तपाईँहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरी लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्र–भित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे । 

२०७७ जेठ ११ गते शिलान्यास भएको प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताइएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को पनि विमोचन गरेका थिए । 

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसदमा पेस भएको र रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर छिटो पारित गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र