बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रह


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसंगत अनुसन्धान गर्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । 

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लव परिसरमा नवनिर्मित ‘द ब्लु प्याभिलियन’ भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ठिक ढंगले चले सरकारका तर्फबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पारे । 

प्रहरीलाई अनावश्यकरुपमा त्रसित नभएर न्याय स्थापनामा दृढ ढंगले अगाडि बढ्न प्रधानमन्त्रीको आग्रह थियो ।

 ‘तपाईँहरू जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र राम्रो व्यवहारको अपेक्षा गरेको छ । त्यसैले तपाईँहरूले संविधान र कानुनबमोजिम देश र जनताको हितलाई शिरमा राखेर काम गर्नुस्,’ प्रधानमन्त्री ओलीले भने । 

प्रधानमन्त्री ओलीले विगतमा देश र जनताको सुरक्षाका क्रममा प्रहरी लडिरहँदा नेपाल प्रहरी र नेपाली सेनाका कतिपय अधिकृतहरू आफ्नो दुनो सोझ्याउन भित्र–भित्र विरोधीसँग साँगसाँठ गर्नु अशोभनीय र घिनलाग्दो स्वार्थ भएको टिप्पणी गरे । 

२०७७ जेठ ११ गते शिलान्यास भएको प्याभिलियन ७५ करोड ८७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको बताइएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को पनि विमोचन गरेका थिए । 

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसदमा पेस भएको र रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर छिटो पारित गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ०८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो