स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार « Khabarhub

स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ।

शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो।

चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँचमा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए। उक्त स्कार्पियोमा ३० वटा प्लास्टिकको बोरामा गाजा भेटिएको थियो।

बरामद गाँजा र स्कार्पियो गाडीबारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : ५५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र