भारतसँगको सम्बन्धबारे ओली- कहाँ बिग्रियो ? सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि भइरहन्छ « Khabarhub

भारतसँगको सम्बन्धबारे ओली- कहाँ बिग्रियो ? सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि भइरहन्छ


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन् ।

मधेस प्रदेश सभाको बैठकलाई मंगलबार सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यो सत्य होइन,’ उनले भने, ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो, संवादबाट समस्याको हल गर्ने कोसिस गर्नु पर्छ ।’

ओलीले नेपालका दुई छिमेकीसँगको सम्बन्ध कसैले बिगार्न नसक्ने पनि बताएका छन् । ‘हाम्रा दुई छिमेकीसँग सबन्ध राम्रो छ, यसलाई कसैले बिगार्न सक्दैन’, ओलीले अगाडि भने ।

गत असार ३१ गते प्रधानमन्त्री बनेका ओ‌लीको अझैसम्म भारत भ्रमण हुन नसकेको अवस्थामा सम्बन्ध बिग्रिएको टिप्पणी भइरहेको छ । यही सन्दर्भमा उनले यस्तो बताएका हुन् । भारतले नबोलाएपछि ‌ओली यसअघि मंसिर १७-२० सम्म चीन भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  २ : ३३ बजे

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा