दक्षिण एशियामा तनाव : अवैध रुपमा भारत प्रवेश गर्ने चार चिनियाँ नेपालको सीमामा पक्राउ « Khabarhub

दक्षिण एशियामा तनाव : अवैध रुपमा भारत प्रवेश गर्ने चार चिनियाँ नेपालको सीमामा पक्राउ


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा कि जुन, लेई योङ्गहाई, हे क्वेङ्गसेङ्ग र हाउङ्ग लिमिन रहेको दाबी गरिएको छ ।

आज तकका अनुसार अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चिनियाँहरुले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा बोल्ने गरेको जनाइएको छ । उनीहरुले आफ्नो बयान बारम्बार बदलिरहेको आज तकले उल्लेख गरेको छ ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरुको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत मिलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १२ : ३१ बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन