दक्षिण एशियामा तनाव : अवैध रुपमा भारत प्रवेश गर्ने चार चिनियाँ नेपालको सीमामा पक्राउ « Khabarhub

दक्षिण एशियामा तनाव : अवैध रुपमा भारत प्रवेश गर्ने चार चिनियाँ नेपालको सीमामा पक्राउ


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा नेपाल–भारत सीमाबाट चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले रक्सौलको मैत्री पुलबाट चार जना चिनियाँ नागरिक पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पक्राउ परेका चिनियाँ नागरिकमा कि जुन, लेई योङ्गहाई, हे क्वेङ्गसेङ्ग र हाउङ्ग लिमिन रहेको दाबी गरिएको छ ।

आज तकका अनुसार अवैध रुपमा भारत प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका चिनियाँहरुले नेपाली, अंग्रेजी, हिन्दी र चिनियाँ भाषा बोल्ने गरेको जनाइएको छ । उनीहरुले आफ्नो बयान बारम्बार बदलिरहेको आज तकले उल्लेख गरेको छ ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार उनीहरुको सम्बन्ध पाकिस्तानसँग रहेको संकेत मिलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय सुरक्षा स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  १२ : ३१ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण