भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी « Khabarhub

भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीको दाबी


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको जनाएको छ । एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुपा भारतले गरेको हवाइ आक्रमणको जवाफमा चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका हुन् ।

अपरेसन सिन्दुर नामक कारवाहीका क्रममा भारतले पाकिस्तानी भूमिमा ९ स्थानलाई लक्षित गरी हवाइ आक्रमण गरेको छ । भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानले चीनमा निर्मित जे–१० सी लडाकु विमानको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्री इशक दारले संसदलाई जानकारी दिएका हुन् ।

आक्रमणको जवाफस्वरुप पाकिस्तानले भारतका ५ लडाकु विमान खसालेको दाबी गरेको छ । यद्यपि भारतीय पक्षले पाकिस्तानी दाबीबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

उनका अनुसार यसबारे चीनलाई पाकिस्तानले पूर्वजानकारी दिएको थियो । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको केही समयपछि स्थानीय समयअनुसार बुधबार सबेरै ४ बजे पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले पाकिस्तानी विदेश विभाग कार्यालयको भ्रमण गरेको दारलाई उद्धृत गर्दै ब्लूमबर्गले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  २ : ०६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि