१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय « Khabarhub

१५ शहरलाई लक्षित गरी पाकिस्तानले हानेका ड्रोन र क्षेप्यास्त्र निस्तेज, लाहोरको हवाई रक्षा प्रणाली पनि ध्वस्त : भारतीय रक्षा मन्त्रालय


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले गएराति पाकिस्तानले विभिन्न १५ शहरलाई लक्षित गर्दै प्रहार गरेका चालकरहित हवाइ उपकरण ‘ड्रोन’ र क्षेप्यास्त्र निस्तेज पारेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले गएराति भारतका उत्तर तथा पश्चिमी भूभागका १५ शहरलाई लक्षित गरी पाकिस्तानले गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमण निस्तेज पारेको जनाएको हो ।

रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले भारतका अनन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुदियाना, आमदपुर, भटिन्डा, चण्डिगढ, नाल, फालोदी, उत्तरलाइ र भुज शहरलाई लक्षित गरी आक्रमणको प्रयास गरेको थियो । भारतको हवाइ रक्षा प्रणाली तथा ड्रोन प्रतिरोधी ग्रिडको सहायताले आक्रमण निस्तेज पारिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानमा रहेका हवाई रक्षा रडार प्रणालीलाई लक्षित गरी प्रत्याक्रमण गरेको मन्त्रालयले जनाएको छ । जवाफी आक्रमणका क्रममा लाहोरमा रहेको हवाई रक्षा रडार प्रणाली ध्वस्त पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ४ : ५१ बजे

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा