मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई « Khabarhub

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला महिला–पुरुष १० किलोमिटर ‘मदन भण्डारी कप सडक दौड प्रतियोगिता २०८२’को उपाधि रामजी बस्नेत र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा प्रथम हुने बस्नेत र न्यौपानेले जनही ५०–५० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीलाई वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पुरस्कार प्रदान गरिन् । पुरुषतर्फ बस्नेतले ३१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी पार गरे भने महिलातर्फ न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् ।

त्यसैगरी, पुरुषतर्फ दोस्रो हुने नरेन्द्रसिंह रावतले ३१ मिनेट ३८ सेकेन्ड, तेस्रो हुने मिङमार सिङ्गी तामाङले ३१ मिनेट ५७ सेकेन्ड, चौथो हुने कर्णबहादुर रोका मगरले ३२ मिनेट सात सेकेन्ड र पाँचौँ स्थान हासिल गर्ने युवकराज बुढाले ३३ मिनेट २६ सेकेन्डमा उक्त दूरी पार गरे ।

महिलातर्फ दोस्रो हुने दीपा परियारले ३७ मिनेट ५३ सेकेन्ड, तेस्रो हुने सिर्जना पाण्डेले ३८ मिनेट २७ सेकेन्ड, चौथो हुने आशा रावतले ३९ मिनेट ५३ सेकेन्ड र पाँचौँ हुने राज्यलक्ष्मी रावतले ४० मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गरिन् ।

प्रतियोगितामा महिला–पुरुषतर्फ दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान प्राप्त गर्नेलाई क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको एकेडेमीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक तेजविक्रम बस्नेतले जानकारी दिए ।

त्यसैगरी अठार वर्षमुनिका विद्यालयस्तरीय बालबालिका सम्मिलित पाँच किलोमिटर दौड प्रतियोगिताको पुरुषतर्फ पहिलो रमेश बुढा, दोस्रो पुरण सिंह, तेस्रो रमेश शाही, चौथो भूपेन्द्र कँडेल र पाँचौँ हेमन्त नेपालीलाई क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरियो ।

अठार वर्षमुनिका महिलातर्फ प्रथम हुने कल्पना बुढा, दोस्रो सन्देला बुढा, तेस्रो निरुता ढकाल, चौथो सृष्टि जोशी र पाँचौँ स्थान हासिल गर्ने निर्मलाकुमारी खड्कालाई क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ९ : १५ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका