सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता « Khabarhub

सुरूमै दबाबमा स्कटल्याण्ड, करणले दिलाए नेपाललाई दोहोरो सफलता


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आइतबार भइरहेको खेलमा नेपालले स्कटल्याण्डविरुद्ध बलिङ गरिरहेको छ ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटनले टस जितेपछि डन्डीको फोर्टहिलमा नेपालले बलिङको निम्तो पाएको हो ।

पहिले बलिङमा गएको नेपालले स्कटल्याण्डलाई सुरूमै दबाबमा राखेको छ । नेपालले स्कटल्यान्डका ओपनर जोर्ज म्युन्स्यलाई शून्यमै पभेलियन फर्कायो ।

७ बल सामाना गरेका उनलाई करण केसीले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । त्यसपछि तेस्रो क्रममा ब्रान्डन म्याक्कुलेन पनि १३ बलमा ५ रन बनाउँदै आउट भए । उनलाई पनि करण केसीले दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए ।

अहिले स्कटल्याण्डका चार्लिय टियर र रिचेई बेर्रिङ्टन क्रिजमा छन् । ताजा अवस्थामा स्कटल्याण्डले १० ओभर खेल्दै २ विकेटको क्षतिमा ४४ रन बनाएको छ ।

नेपालले गत बुधवार स्कटल्याण्डको डुन्डीमा भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

त्यसअघि पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। आइतबार फेरि नेपाल र स्कटल्याण्ड भिडिरहेका छन् ।

नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छन् । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोटको प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ३६ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो