स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ « Khabarhub

स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा घरेलु टोली स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट गुमेको छ ।

तीन सय २४ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेटका रुपमा आरिफ शेखलाई गुमाएको हो । शेख ५५ बलमा पाँच चौकासहित ३९ रन बनाएर आउछ भए । अहिले क्रिजमा भिम सार्की छन् । उनले ४८ रन बनाएर खेलिरहेका छन् । उनलाई उपकप्तान दीपेन्द्र सिंह ऐरीले साथ दिइरहेका छन् ।

यसअघि ओपनर कुशल भुर्तेल १७, आसिफ शेख ८, कप्तान रोहित पौडेल ३ रन बनाएर आउट भएका थिए । यसअघि स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा छ विकेट गुमाएर ३२३ रनको योगफल बनाएको थियो ।

स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । उनले बेरिङ्टनले ११४ बलमा छ चौका र चार छक्काको सहयोगमा १०२ रनको शतकीय पारि खेले ।

चार्ली टेयरले ६५ बलमा नौ चौकाको सहयोगमा ६८ रन जोडे । त्यसैगरी, मार्क वाटले अविजित २१ र फिनले म्याकक्रियाथले १७ रन बनाए । नेपालका लागि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई–दुई विकेट लिए भने ललितनारायण राजवंशीले एक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ९ : ४३ बजे

बाढीपहिरोका कारण देशका विभिन्न सडक र राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध भएका

टप एण्ड टी–२० : आज नेपाल ‘ए’ले भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी–२० सिरिजमा आज

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित