चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति « Khabarhub

चीनबाट आएको बाढीले टिमुरे सुख्खा बन्दरगाह र रसुवागढी विद्युत आयोजनामा ठूलो क्षति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

रसुवा – चीनतर्फबाट केरुङ र लेन्देखोलामा अचानक आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ। बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्णरूपमा ध्वस्त बनाएको छ।

बाढीले रसुवाको टिमुरेमा निर्माणाधीन सुख्खा बन्दरगाहमा पनि ठूलो क्षति गरेको छ। त्यहाँ राखिएका केही विद्युतीय सवारी साधन बगाएको अनुमान गरिएको छ।

बाढीले भन्सारमा राखिएका कयौं कन्टेनर बगाएको छ भने मितेरी पुलमा पनि ठूलो क्षति भएको छ।

अहिले गोसाइँकुण्ड गाउँपालिकाको स्वास्थ्य शाखाबाट परिचालित स्वास्थ्यकर्मीहरूको टोली बाढीबाट प्रभावित क्षेत्रतर्फ गएको छ।

टिमुरेस्थित पार्किङस्थलमा, उद्धार तथा उपचारका लागि टोली गएको हो।

भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ३८ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले महाधिवेशन प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको