क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय  « Khabarhub

क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयावधि थप गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकपछि मध्यरातमा विज्ञप्ति जारी गरेर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद थप गरेको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि तोकिएको छ ।

उक्त अवधिभित्र पेश नभएका नवीकरणसम्बन्धी नामावली १५औँ महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) नगरिने भनिएको छ ।

यसअघि असार मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण गरिने र साउन १ गतेबाट नयाँ क्रियाशील सदस्यता वितरण गरिने कांग्रेसले बताएको थियो ।

बैठकले बाँकी रहेको भ्रातृ संगठनहरूको महाधिवेशनको तयारी र व्यवस्थापनमा सहजीकरणका लागि सम्बन्धित संगठनको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउने उल्लेख गरेको छ ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् ।

२०८१ साल चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनिए पनि बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्गठनहरूको हकमा तोकिएको मितिसम्म समयावधि थप गरिएको छ ।

बैठकले भ्रातृ संगठनका तदर्थ समितिले ०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्दै कार्यतालिका प्रस्तुत गर्न नसकेको दलित संघलाई केन्द्रीय महाधिवेशन निर्देशन समिति र संघका अध्यक्षबीच छलफल गरेर यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न निर्देशन दिएको छ ।

बैठकले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन प्रस्ताव, २०८२ र नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८२ परिमार्जन सहित पारित गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघ र नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको विधान परिमार्जनसहित पारित गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ४० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक