क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय  « Khabarhub

क्रियाशील सदस्यता नवीकरणको समय थप गर्ने कांग्रेसको निर्णय 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयावधि थप गरेको छ । केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकपछि मध्यरातमा विज्ञप्ति जारी गरेर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको म्याद थप गरेको हो ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आगामी असोज मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि तोकिएको छ ।

उक्त अवधिभित्र पेश नभएका नवीकरणसम्बन्धी नामावली १५औँ महाधिवेशनका लागि अद्यावधिक (सूचिकृत) नगरिने भनिएको छ ।

यसअघि असार मसान्तसम्ममा क्रियाशील सदस्यता नवीकरण गरिने र साउन १ गतेबाट नयाँ क्रियाशील सदस्यता वितरण गरिने कांग्रेसले बताएको थियो ।

बैठकले बाँकी रहेको भ्रातृ संगठनहरूको महाधिवेशनको तयारी र व्यवस्थापनमा सहजीकरणका लागि सम्बन्धित संगठनको मौजुदा तदर्थ समितिका अध्यक्षसहित महाधिवेशन व्यवस्थापन समिति बनाउने उल्लेख गरेको छ ।

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् ।

२०८१ साल चैत्र मसान्तभित्र महाधिवेशन गर्नैपर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने भनिए पनि बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ सङ्गठनहरूको हकमा तोकिएको मितिसम्म समयावधि थप गरिएको छ ।

बैठकले भ्रातृ संगठनका तदर्थ समितिले ०८१ चैत्र मसान्तपछि गरेका सबै निर्णय खारेज गर्दै कार्यतालिका प्रस्तुत गर्न नसकेको दलित संघलाई केन्द्रीय महाधिवेशन निर्देशन समिति र संघका अध्यक्षबीच छलफल गरेर यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न निर्देशन दिएको छ ।

बैठकले पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन प्रस्ताव, २०८२ र नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८२ परिमार्जन सहित पारित गरेको छ ।

बैठकले नेपाल विद्यार्थी संघ र नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको विधान परिमार्जनसहित पारित गरेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ४० बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको