बजेट विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन « Khabarhub

बजेट विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बजेटको विषयमा भइरहेको विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएर टुंगिएको हो । 

सत्तारुढ दल र प्रतिपक्षी दलहरूबिच सहमति जुट्न नसकेपछि बैठकले मूर्तरुप लिन नसकेको प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रदेश सांसद राम अशिष यादवले जानकारी दिए ।  

उनका अनुसार सरकार पक्ष जिम्मेवार ढंगले प्रस्तुत नभएपछि सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो । 

उनले भने,‘ सरकार आफ्नो अडान बाट पछि हट्नै चाहेन । हामीले बिचौलीयाको प्रभावमा ल्याइएको बजेट पुनर्लेखनको माग राखेको छौ । सरकार पक्षले कुनै लचकता न अपनाएको कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।’ उनले आज पनि सदन अवरुद्ध गर्ने बताए ।

बजेट पास गर्नुपर्ने समय घर्किँदै गए पनि बजेटमा बिचौलिया हाबी भएको भन्दै सदनमा सधैँ विरोध हुन थालेपछि मुख्यमन्त्री सतिश सिंहले सर्वदलीय बैठक डाकेका हुन् । 

सर्वदलीय बैठकका सत्तारुढ दलहरू कांग्रेस, एमाले, जनमत, लोसपासहित विपक्षी दलहरू माओवादी केन्द्र, जसपा नेपाल, एकीकृत समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीको उपस्थिति रहेको थियो ।  विपक्षी ६ दलले बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै व्यक्ति केन्द्रित बजेट रहेको तर्क दिँदै आइरहेका छन् । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ५८ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक