बजेट विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन « Khabarhub

बजेट विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बजेटको विषयमा भइरहेको विवाद सुल्झाउन मधेस सरकारले डाकेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएर टुंगिएको हो । 

सत्तारुढ दल र प्रतिपक्षी दलहरूबिच सहमति जुट्न नसकेपछि बैठकले मूर्तरुप लिन नसकेको प्रतिपक्षी दल जनता समाजवादी पार्टी नेपाल (जसपा)का प्रदेश सांसद राम अशिष यादवले जानकारी दिए ।  

उनका अनुसार सरकार पक्ष जिम्मेवार ढंगले प्रस्तुत नभएपछि सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो । 

उनले भने,‘ सरकार आफ्नो अडान बाट पछि हट्नै चाहेन । हामीले बिचौलीयाको प्रभावमा ल्याइएको बजेट पुनर्लेखनको माग राखेको छौ । सरकार पक्षले कुनै लचकता न अपनाएको कारण बैठक बिना निष्कर्ष टुंगिएको हो ।’ उनले आज पनि सदन अवरुद्ध गर्ने बताए ।

बजेट पास गर्नुपर्ने समय घर्किँदै गए पनि बजेटमा बिचौलिया हाबी भएको भन्दै सदनमा सधैँ विरोध हुन थालेपछि मुख्यमन्त्री सतिश सिंहले सर्वदलीय बैठक डाकेका हुन् । 

सर्वदलीय बैठकका सत्तारुढ दलहरू कांग्रेस, एमाले, जनमत, लोसपासहित विपक्षी दलहरू माओवादी केन्द्र, जसपा नेपाल, एकीकृत समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टीको उपस्थिति रहेको थियो ।  विपक्षी ६ दलले बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै व्यक्ति केन्द्रित बजेट रहेको तर्क दिँदै आइरहेका छन् । 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  २ : ५८ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी