आर्थिक व्यापार अन्तर्राष्ट्रिय ‘सेमिनार’ सम्पन्न « Khabarhub

आर्थिक व्यापार अन्तर्राष्ट्रिय ‘सेमिनार’ सम्पन्न


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

तियानन्जिन– विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापनसम्बन्धी ‘सेमिनार’ मंगलबार सम्पन्न भएको छ । तीन सातासम्म सञ्चालन भएको सो ‘सेमिनार’मा नेपाललगायत इन्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाका २४ जना सरकारी कर्मचारी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
 
चीनको ‘कमर्श’ मन्त्रालयको सहयोगमा ‘तान्जियन टिइडिए इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि’को आयोजनामा तियानन्जिन सहरमा भएको सो ‘सेमिनार’मा अन्तर्राष्ट्रिय व्यापार, स्वतन्त्र व्यापार सम्झौता, विश्व व्यापार संगठनमा प्रवेशपछि चीनले हासिल गरेको आर्थिक समृद्धिलगायतका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
 
सहभागीहरूलाई तियानन्जिन, बेइजिङ र सियान्जिन सहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीका बारेमा जानकारी गराइएको थियो । 

‘सेमिनार’ समापनका अवसरमा प्रमाणपत्र प्रदान गर्दै तियानन्जिन कमर्स कमिसनका निर्देशक लि लिपङले चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेषगरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुन सक्नुपर्ने धारणा व्यक्त गरे ।
 
टेडाका महाप्रबन्धक सु योन्सेङले आर्थिक विकासका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको यस किसिमको कार्यक्रमलाई  निरन्तरता दिइने बताए।
 
सेमिनार समापनका अवसरमा तियानन्जिन कमर्स मिसनका निर्देशक ली लिपिङलाई राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक सदस्य कृष्ण अधिकारीले समितिद्वारा प्रकाशित रासस फोटो किताब, २०२५  हस्तान्तरण गरे ।
 
सो अवसरमा सञ्चालक सदस्य अधिकारीले नेपालको संस्कृति बुझ्न र नेपालले पूर्वाधार विकासमा गरेको पहल थाहा पाउन तस्बिर पुस्तक उपयोगी हुने बताए।   
 
यसैगरी, निर्देशक लिपिङले नेपालको आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग भइरहेको उल्लेख गर्दै आगामी दिनमा यस किसिमको सहयोग वृद्धि हुने बताए।  

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ३ : ३६ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी