रसुवा बाढीबाट आठ जलविद्युत आयोजनामा क्षति | Khabarhub Khabarhub

रसुवा बाढीबाट आठ जलविद्युत आयोजनामा क्षति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तिब्बत मुहान भएको लेन्देखोला (भोटेकोशी) मा चलेको भीषण बाढीबाट नेपालका आठ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

मङ्गलबार राति आएको बाढीबाट नारायणी नदी जलाधारको त्रिशूली उपजलाधार अन्तर्गत रहेका आठ आयोजनामा क्षति पुगेको हो ।

बाढीले क्षति पुर्‍याएका आठमध्ये पाँच आयोजनाबाट विद्युत उत्पादन भइरहेको थियो । तीन आयोजना निर्माणाधीन अवस्थामा थियो ।

सञ्चालनमा रहेका रसुवागढी (११ मेगावाट), चिलिमे (२२ मेगावाट), त्रिशूली ३ए (६० मेगावाट), त्रिशूली (२५.२५ मेगावाट) र देवीघाट (१४ मेगावाट) आयोजनामा क्षति पुगेको हो ।

निर्माणाधीन माथिल्लो त्रिशूली ३बी (३७ मेगावाट), माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) र सुपर त्रिशूली (१०० मेगावाट) आयोजना पनि बाढीबाट प्रभावित भएको छ ।

नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गए राति चलेको बाढीका कारण करिब करिब २४० मेगावाट विद्युत उत्पादन रोकिएको जानकारी दिए । शाक्यले आफू विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भएको १०० दिन पुगेको उपलक्ष्यमा पत्रकार सम्मेलन आयोजना गर्दै थिए ।

आवश्यक परेको खण्डमा आफू पनि आयोजनामा परेको क्षति अवलोकन गर्न पुग्ने शाक्यले बताए । प्राधिकरणको टोली मङ्गलबार बिहानै बाढीप्रभावित आयोजनास्थलमा पुगेको र आफू पनि निरीक्षणमा गएर के गर्न सकिन्छ, हेर्ने शाक्यले बताए ।

खोलाको कटान रोकिए आयोजनामा अन्य क्षति नहुने आफूलाई लागेको शाक्यको आकलन छ ।

रसुवागढी र ‘त्रिशूली ३ए’ मा बढी क्षति

चीनको सीमाबाट करिब २०० मिटर नजिक रहेको रसुवागढी (१११ मेगावाट) आयोजना बढी प्रभावित भएको छ । बाढीले आयोजनाको गेट बगाएको छ भने हेडवर्क्स भत्किएको छ । आयोजनाबाट विद्युत उत्पादन बन्द गरिएको छ ।

‘त्रिशूली ३ए को ड्याममा एउटा गेट बगाएको छ’, शाक्यले भने, ‘अन्य भौतिक संरचनामा धेरै क्षति पुगेको छैन ।’

आयोजना कहिलेसम्म बन्द रहने या विद्युत उत्पादन सुरु हुनेबारे स्थलगत निरीक्षण गरेपछि मात्र थाहा हुने शाक्यले बताए ।

चिलिमे २२ मेगावाटको सफाइ सुरु

चिलिमे जलविद्युत केन्द्र (२२ मेगावाट) मा पनि बाढीका कारण विद्युत उत्पादन बन्द छ । आयोजना हेडवर्क्समा बढी क्षति भएको देखिएको शाक्यले जानकारी दिएका छन् । उनका अनुसार आयोजनामा सफाइको काम सुरु भइसकेको छ ।

शाक्यले भने, ‘सामान्य क्षतिमात्र भएको हो । सफाइको काम भइसकेको छ । एक/दुई दिनमै विद्युत उत्पादन भइहाल्छ ।’

माथिल्लो त्रिशूली ‘३बी’ सङ्कटमा

माथिल्लो त्रिशूली ‘३बी’ ३७ मेटावटको आयोजना विषेश सङ्कटमा रहेको शाक्यले जानकारी दिएका छन् । उक्त आयोजनाको काम ५० प्रतिशत सकिएको थियो ।

पूरा काम सम्पन नहुँदै बाढीले क्षति पुर्‍याएकाले आयोजना सङ्कटमा परेको शाक्यले बताएका हुन् ।

‘त्यसमा एउटा टावर वैकल्पिक रूपमा राखिएको थियो, जुन प्रयोगमा आएको थिएन । खोलाले त्यसको फाउन्डेसन काटेर टावर ढालेर बगाएको अवस्था छ’, शाक्यले भने ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ६ : ३९ बजे

आज २१२ औँ भानु जयन्ती : विशेष कार्यक्रम गरेर मनाइँदै

काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको