आइजीन नम्बरको व्यवस्था भएको निर्देशिका धितोपत्र बोर्डमै अध्ययन हुँदै  « Khabarhub

आइजीन नम्बरको व्यवस्था भएको निर्देशिका धितोपत्र बोर्डमै अध्ययन हुँदै 


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट सर्वसम्मत पारित भई नेपाल धितोपत्र बोर्डमा पुगेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ हाल बोर्डमै अध्ययन भइरहेको छ । 

धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अहिले उक्त निर्देशिका बोर्डको कार्यसमितिमा गएको छैन । बोर्डले सिडिएसिसँग पनि छलफल गर्ने घिमिरेले जानकारी दिएका छन् । 

‘निर्देशिका सामान्यतया सिडिएसिले प्रस्ताव गरेको कुरा ठिक भयो भने त्यसैगरी जाने भयो’, घिमिरेले भने, ‘कार्यविधिमा कुनै ठूलो त्रुटि भएको खण्डमा मात्र अध्ययन गर्न समितिले सच्याउने हो ।’ 

बोर्डमा अध्ययन गर्दा अध्यक्ष सहितको समिति बनेर त्यो अध्ययन हुन पनि सक्छ त्यो समिति नबन पनि सक्ने घिमिरे बताउँछन् । ‘बोर्डबाट अध्ययन भएपछि बोर्डको सञ्चालक समितिमा गएपछि त्यहाँ छलफल हुन्छ’, घिमिरेले भने, ‘अन्तिम निर्णय सञ्चालक समितिलाई ठिक लागेको खण्डमा त्यो पास हुन्छ भने ठिक नलागेको सन्दर्भमा त्यो परिमार्जन भएर पास हुन्छ ।’ 

बोर्डमा कहिले जान्छ मिति तोक्न नसकिने प्रवक्ता घिमिरे बताउँछन् । ‘कहिले जान्छ त्यो भने भन्न सकिँदैन’, घिमिरेले भने, ‘तर धेरै ढिलो हुँदैन ।’

निर्देशिकामा एउटै अन्तर्राष्ट्रिय परिचयपत्र नम्बर (आइजिन नम्बर) लिएका कम्पनीहरूलाई अब फरक–फरक आइजीन दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि संस्थापक र साधारण सेयर मिसाएर एउटै आइजिन लिएका कम्पनीहरुले पनि निर्देशिका लागू भएपछि दुई वटा आइजीन पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ७ (२) मा भनिएको छ, ‘यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आइजीन दिई लकइन अवधिमा रहेका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात् फरक–फरक आइजीन प्रदान गरिने छ ।’ 

साथै, कुनै धितोपत्रलाई फरक आइजीन दिइएको भए पनि आवश्यक नपर्ने देखिएमा सीडीएससीले मर्जर गर्न सक्ने व्यवस्था पनि छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ०९ बजे

निर्वाचन आउन नौ दिन बाँकीः आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले