संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो) « Khabarhub

संसद् भवन छिर्न यसरी पर्खाल छेडे युवाहरूले (भिडियो)


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजावादीहरूले २०८१ चैत १५ गते गरेको प्रदर्शनमा जस्तै जेन-जीहरूले सोमबार गरेको विरोधमा पनि सरकारी संयन्त्र असफल भएको देखिएको छ।

सुरक्षामा तैनाथ प्रहरी र सशस्त्र प्रहरी सरकारी संरचनाको सुरक्षा दिनै असफल भएको देखिएको छ।

सुरक्षाकर्मी असफल भएको कुराको पुष्टि नयाँबानेश्वरको संसद् भवन क्षेत्रको दृश्यले गरेको छ । त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भए पनि प्रदर्शनकारीसँग निरीह सावित भएका हुन् ।

प्रदर्शनकारीहरू सशस्त्रकै सेन्ट्री पोस्ट र संसद् भवनको मुख्य गेटबाट भित्र छिरेका छन् । युवाहरूले एकसाथ प्रवेश गर्न खोज्दा सुरक्षामा तैनाथ सुरक्षाकर्मी बिफल भएका हुन् ।

युवाहरूले संसद् भवनमा छिर्न पर्खालमा सुरूङ नै खनेका छन् । दर्जनौँ युवाले बाँस र रडको प्रयोग गरेर दक्षिण गेट क्षेत्रको पर्खाल भत्काएर सुरुङ नै खनेका हुन्।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र