उपत्यकामा थपियो कर्फ्यू क्षेत्र | Khabarhub Khabarhub

उपत्यकामा थपियो कर्फ्यू क्षेत्र


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ उपत्यकाका थप विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले आजै अर्को विज्ञप्तिमार्फत शीतल निवास राष्ट्रपति कार्यालय महाराजगञ्ज क्षेत्रको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोकसम्म, पूर्व दक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यू आदेश जारी गरिएको जनाएका छन् ।

त्यस्तै, हरित गृह उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्रको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्र, केशरमहल चोकदेखि नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेट हुँदै जय नेपाल मोडसम्म, नारायणहिटी दरबार सङ्ग्रहालय दक्षिण गेटदेखि महेन्द्र सालिकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रशासन कार्यालयले सिंहदरबार क्षेत्रको भद्रकाली मन्दिर तीनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालयअगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासन कार्यालयले आज २३ गते अपराह्न १ः०० देखि रातिको १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिकाभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जनाएको हो ।

यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : २० बजे

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

काठमाडौं – ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि

कहाँ गए त ओली ?

काठमाडौं– सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो

जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास