बानेश्वरको सडकमा ओर्लियो सेना « Khabarhub

बानेश्वरको सडकमा ओर्लियो सेना


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बानेश्वरको सडकमा बख्तरबन्द गाडीसहित नेपाली सेना उपस्थिति भएको छ । जेन-जी पुस्ताको आन्दोलन प्रहरीको नियन्त्रणबाहिर गएपछि नेपाली सेना हतियार सहित सडकमा आएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बानेश्वर, माइतीघर, सिंहदरबार, नारायणहिटी, सितल निवास लगायतका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । साथै, प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गराउन रबरको गोलीदेखि अश्रु ग्यास प्रहार गरिरहेको छ । 

तरपनि अहिलेसम्म प्रदर्शन नियन्त्रणमा आउन सकेको छैन । प्रदर्शनको क्रममा प्रहरी र प्रर्दशनकारीबीच भएको झडपका कारण यतिबेलासम्म सयौं प्रदर्शनकारी घाइते भएका छन् । 

जसको उपचार राजधानीको विभिन्न अस्पतालमा भइरहेको छ । 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  २ : ३० बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले