अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम  « Khabarhub

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले बताएकी छिन् । 

उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभइ कायरता भएको बताएकी छिन् । 

‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग बोकेर सडकमा निस्केका छोराछोरी पुस्तालाई अभिभावक बनेर जोगाउनुपर्ने सरकारले संवादको सट्टा गोली खोल्यो’, गौतमले भनिन्, ‘यो हत्या हो ।’

यो शक्तिशालीले निर्बलमाथि शासन गर्ने पुरानो शासकीय चरित्रको पुनरावृत्ति भएको गौतमले बताएकी छिन् । ‘जनताको रगत बगाएर कुर्सी जोगाउने सोचाइ नै सत्तावादको घिनलाग्दो अनुहार हो’, गौतमले भनेकी छिन् । 

‘अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ । यो जनताको होइन, शक्तिको लोभीहरूको सरकार हो । यो सानो बहानामा आफ्नै जनतालाई मार्दै हिँड्ने आतंकवादी मानसिकताको सरकार हो ।’, उनले भनेकी छिन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ४८ बजे

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

म्यान्मारमा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

याङ्गुन – म्यान्मारले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले