ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे « Khabarhub

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरू रहेका छन् । ट्रमा सेन्टरमा मात्रै उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् ।

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट बद्री रिजालले दिएको जानकारी अनुसार उपचारका लागि ल्याइएका ५० जना घाइतेमध्ये ६ जनाले ज्यान गुमाएका हुन् ।

रिजालका अनुसार अहिले त्यहाँ तीनजनाको आईसीयुमा उपचार भइरहेको छ। दुईजनाको ओटीमा अपरेशन भइरहेको छ।
रिजालका अनुसार अझै घाइते ल्याउने क्रममा जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ ।

अहिलेसम्म सबैभन्दा धेरै ट्रमा सेन्टरमा ६ जनाले ज्यान गुमाउँदा निजामती अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजना, त्रिवि शिक्षण अस्पतालमा एकजना र बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि एकजनाले ज्यान गुमाएका हुन् ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूलाई अहिले विभिन्न अस्पतालमा लाने क्रम जारी छ।केहीलाई अस्पताल पुर्‍याउँदै ज्यान गइसकेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ५८ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी