एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी « Khabarhub

एकसाथ सयौँ घाइते हुँदा अस्पतालमा संकट, ट्रमा सेन्टरको सडकमै रगतको गुहार लगाउँदै जेनजी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजीको आन्दोलन हिंसात्मक बनेपछि घाइते भएका प्रदर्शनकारीको उपचारका लागि रगत अभाव भएको छ । घाइते प्रदर्शनकारीलाई मुख्य रुपमा बानेश्वरस्थित निजामती अस्पातल र ट्रमा सेन्टर अस्पतालमा लगिएको छ ।

उनीहरुको उपचारका लागि रगत अभाव भएको अस्पतालहरुले जनाएका छन् । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार काठमाडौं उपत्यकामा नै रगत अभाव भएको छ ।

ट्रमा सेन्टरमा नै रगतको चरम अभाव भएको पाइएको छ । घाइते साथीको उपचारका लागि वीरबाहिर सडकमा निस्किएर उनीहरु सर्वसाधरणसँग रगत मागिरहेका छन् ।

वीरमा अहिले ५० जना प्रदर्शनकारी उपचाररत छन् । अहिलेसम्म ६ जना प्रदर्शनककारीको उपचारका क्रममा मृत्यु भएको ट्रमाले पुष्टि गरेको छ ।

सबैभन्दा बढी प्रदर्शनकारीले उपचारको क्रममा ट्रममा नै ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : १३ बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।