कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने « Khabarhub

कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरला नाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ । 

आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने सहमति भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । 

सोमबार उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकार भएकाहरूको बैठकले चिनियाँ स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको उनले बताए।  

लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र व्यापारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । 

स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए।

यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङले हाल स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेर मौखिक सहमति भएको चाँडै लिखित निर्णय गरिने बताए । 

यसअघि सामान्य रूपमा उपल्लो मुस्ताङका लागि मात्रै खुला भएको कोरलानाका आइतबार पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो । 

यसअघि स्थानीय व्यापारीले सानो परिमाणमा सामान आयात गर्ने गरेकामा अब भने भन्सार विभागको नियममा रहेर चाहेजति सामान नेपाल ल्याउने व्यवस्था मिलाइएको भन्सार कार्यालय प्रमुख खड्काले जानकारी दिए । 

भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने उनले बताए।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ३० बजे

के हो पत्रकार दिनेश सिटौलाको ज्यान लिएको ‘सबअरेक्नोइड हेमरेज’ ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन (बालेन्द्र)

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी

उदयपुर सिमेन्टमा क्लिङ्कर हिनामिना : तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा भएको

पत्रकार सिटौलाको शव पोस्टमार्टमका लागि लगियो शिक्षण अस्पताल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी

नीति निर्माणका लागि कांग्रेस महामन्त्री पौडेलद्वारा सुझाव संकलन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधि