दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण « Khabarhub

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

झापा- जेन-जी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन् ।

प्रहरीको कडा सुरक्षा व्यवस्था बनाइएको ओलीको घरमा जेनजी समूहले आक्रमण गरेका छन् ।

आक्रमणमा धेरै क्षति नभएको एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले बताए । गिरीका अनुसार उक्त स्थानमा बिहानबाटै कडा सुरक्षा निगरानी गरिएको छ ।

‘उहाँहरूले आँखा लगाउनुभएको थियो । तर थप क्षति हुन पाएन । सामान्य रूपमा आक्रमण भएको छ,’ गिरीले खबरहबलाई भने, ‘दमकमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

ओलीको घर दमक नगरपालिका वडा नम्बर ९ मा पर्छ। यता दमक बजारमा पनि नयाँ पुस्ताले आन्दोलन गरेको छ । प्रदर्शनका क्रममा केही युवा घाइते भएका छन् ।

यता बिर्तामोडमा पनि यो पुस्ताले आन्दोलन गरेको छ । केही युवा घाइते भएर बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ४६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र