दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण « Khabarhub

दमकस्थित प्रधानमन्त्री ओलीको घरमा जेन-जी समूहको आक्रमण


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

झापा- जेन-जी समूहले झापा दमकमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा समेत आक्रमण गरेका छन् ।

प्रहरीको कडा सुरक्षा व्यवस्था बनाइएको ओलीको घरमा जेनजी समूहले आक्रमण गरेका छन् ।

आक्रमणमा धेरै क्षति नभएको एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरीले बताए । गिरीका अनुसार उक्त स्थानमा बिहानबाटै कडा सुरक्षा निगरानी गरिएको छ ।

‘उहाँहरूले आँखा लगाउनुभएको थियो । तर थप क्षति हुन पाएन । सामान्य रूपमा आक्रमण भएको छ,’ गिरीले खबरहबलाई भने, ‘दमकमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।’

ओलीको घर दमक नगरपालिका वडा नम्बर ९ मा पर्छ। यता दमक बजारमा पनि नयाँ पुस्ताले आन्दोलन गरेको छ । प्रदर्शनका क्रममा केही युवा घाइते भएका छन् ।

यता बिर्तामोडमा पनि यो पुस्ताले आन्दोलन गरेको छ । केही युवा घाइते भएर बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ४६ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने