वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला « Khabarhub

वर्तमान सरकारको औचित्य पुरै समाप्त भयो : शेखर कोइराला


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सोमबार जेनजी आन्दोलनमा भएको घटनाप्रति कडा आपत्ति जनाउँदै सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका छन् ।

उनले शान्तिपूर्ण ढंगले पुस्तक र कापी बोकेर उज्ज्वल भविष्यको सपना देखिरहेका विद्यार्थीमाथि सरकारले गोली प्रहार गरेको भन्दै यसलाई निरंकुशता र क्रुरताको चरम रूप भनेका छन् ।

कोइरालाले आफ्ना प्रियजनहरूको हत्या गरिएको भन्दै आफू मर्माहत भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘श्रद्धाञ्जलीका केही शब्दले राष्ट्रकै यो अपूरणीय क्षतिमा मल्हम लगाउन सक्दैन । यस पीडादायी क्षणमा म तपाईं र तपाईंका अभिभावकहरूसँगै छु र रहिरहनेछु ।’

उनले जेनजी युवाहरूका माग समयसापेक्ष र जायज रहेको भन्दै भ्रष्टाचार निर्मूल गर्ने आवाजलाई दबाउन खोज्नु लोकतन्त्रविरोधी प्रवृत्ति भएको टिप्पणी गरे । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई उनले अधिनायकवादसँग तुलना गर्दै आजबाट सरकारको औचित्य समाप्त भएको समेत प्रस्ट पारे ।

कोइरालाले मुलुकमा देखिएका समस्याहरूको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगले खोज्नुपर्ने बताउँदै जनतासँगै उभिने अठोट दोहोर्‍याएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : ३७ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३