प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कडा आपत्ति जनाएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीमाथि ‘नरसंहार’ को मुद्दा दर्ता गरी जेल पठाउनुपर्ने माग गरेका छन् ।

शाहीले लेखेका छन्, “यो राजीनामा माग्ने समय होइन, हत्याकाण्ड मच्चाउनेहरूलाई हत्कडी लगाएर जेल हाल्नुपर्छ।” उनले सरकारको बल प्रयोगलाई निरंकुश प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन दबाब दिएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी र भ्रष्टाचारविरुद्ध जेन जेजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार काठमाडौंसहित देशका विभिन्न शहरमा तीव्र भएको थियो । माइतीघर मण्डला, बानेश्वर लगायतका स्थानमा हजारौं युवाले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्ने सट्टा सरकारले दमनकारी शैली अपनाएको भन्दै नागरिक समाज र विभिन्न राजनीतिक दलले आलोचना गरेका छन् ।

काठमाडौँलगायतका स्थानमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रहरीसँग झडप भएको थियो । केही प्रदर्शनकारी घाइते भएको खबर आएको भए पनि यसको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ४१ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट