प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही « Khabarhub

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कडा आपत्ति जनाएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र गृहमन्त्रीमाथि ‘नरसंहार’ को मुद्दा दर्ता गरी जेल पठाउनुपर्ने माग गरेका छन् ।

शाहीले लेखेका छन्, “यो राजीनामा माग्ने समय होइन, हत्याकाण्ड मच्चाउनेहरूलाई हत्कडी लगाएर जेल हाल्नुपर्छ।” उनले सरकारको बल प्रयोगलाई निरंकुश प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन दबाब दिएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी र भ्रष्टाचारविरुद्ध जेन जेजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबार काठमाडौंसहित देशका विभिन्न शहरमा तीव्र भएको थियो । माइतीघर मण्डला, बानेश्वर लगायतका स्थानमा हजारौं युवाले सरकारविरुद्ध प्रदर्शन गरेका थिए । आन्दोलनलाई शान्तिपूर्ण ढंगले सम्बोधन गर्ने सट्टा सरकारले दमनकारी शैली अपनाएको भन्दै नागरिक समाज र विभिन्न राजनीतिक दलले आलोचना गरेका छन् ।

काठमाडौँलगायतका स्थानमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा प्रहरीसँग झडप भएको थियो । केही प्रदर्शनकारी घाइते भएको खबर आएको भए पनि यसको आधिकारिक विवरण भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ९ : ४१ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा

पाकिस्तानमा सुरक्षाकर्मी र बलुच चरमपन्थीबीच भीषण संघर्ष, आक्रमणकारीसहित कम्तीमा १२० जना मारिए

इस्लामावाद- पाकिस्तानको बलुचिस्तान प्रान्तमा शनिबार भएका आत्मघाती आक्रमण र गोलीकाण्डमा

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३