गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ « Khabarhub

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको ज्यान जाने गरि भएको जेनजी प्रदर्शनकारीमाथिको दमनको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।

उनले युवा पुस्ता (जेन–जी)ले गरेको शान्तिपूर्ण आन्दोलनमा भएको हिंसात्मक गतिविधिलाई दुःखद र अस्वाभाविक भन्दै सरकारबाट भएको चरम दमनको निन्दा गरेका छन्।

‘सरकारको असंवेदनशीलताका कारण अनाहकमा धेरै युवाले ज्यान गुमाउनु परेको यो हृदयविदारक घटनाले स्तब्ध बनाएको छ,’ थापाले भने। उनले आन्दोलन नियन्त्रणको नाममा गरिएको बल प्रयोग र आक्रमण अक्षम्य रहेको बताएका छन्। थापाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु सकारात्मक भए पनि केवल त्यतिले मात्र नपुग्ने बताएका छन् ।

यस घटनामा प्रधानमन्त्री ओलीले नैतिक र राजनीतिक दुवै जिम्मेवारी लिनुपर्ने थापाले बताए। युवाले उठाएका सुशासन र भ्रष्टाचार नियन्त्रणका मागलाई सम्बोधन गर्न संविधान संशोधनदेखि ऐन–कानुनको परिमार्जन आवश्यकता पनि थापाले देखेका छन् ।

उनले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने सुझाव दिए।थापाले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारमा धक्का पुग्ने गरी लगाइएको सामाजिक सञ्जाल प्रतिबन्ध तत्काल हटाउन माग गरेका छन्।

सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने नाममा जारी गरिएको निर्देशिका संविधान र कानुनसम्मत नभएको पनि उनले बताएका छन्। महामन्त्री थापाले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकार सुशासन दिन असफल भएको भन्दै गठबन्धन सरकार रहिराख्नुको आवश्यकता नभएको टिप्पणी गरे। उनले यसबारे नेपाली कांग्रेसले गम्भीर पुनर्विचार गर्नुपर्ने धारणा राखे।

यस्ताे छ विज्ञप्ती

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ४४ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि