नेपालमा भएको दमनबारे के भने युनिसेफसहित राष्ट्रसंघीय निकायले ? « Khabarhub

नेपालमा भएको दमनबारे के भने युनिसेफसहित राष्ट्रसंघीय निकायले ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको दमन र हिंसात्मक कदमप्रति अन्तर्राष्ट्रिय निकायहरूले गम्भीर आपत्ति जनाएका छन्।

युनिसेफ नेपाल र संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तले प्रेस विज्ञप्ति जारी गरी बालबालिकामाथि बल प्रयोग अस्वीकार्य भएको जनाउँदै तत्काल रोक्नुपर्ने चेतावनी दिएका छन्।

युनिसेफ नेपालले सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा भनिएको छ, ‘बालबालिकाविरुद्ध बल प्रयोग कुनै हालतमा स्वीकार्य छैन र यसलाई तुरुन्तै रोक्नुपर्छ।’

संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि अनुसार नेपाल राज्य पक्ष भएको स्मरण गराउँदै युनिसेफले बालबालिकालाई स्वतन्त्र अभिव्यक्ति, स्वतन्त्र संगठन र शान्तिपूर्ण भेला हुने अधिकार सुनिश्चित गर्नुपर्ने बताएको छ।

उता संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय ९ओएचसीएचआर० ले प्रदर्शनका क्रममा भएको दमनका कारण मृत्यु र घाइतेहरूबारेमा तत्काल, निष्पक्ष र पारदर्शी छानबिन गर्न आग्रह गरेको छ। वक्तव्यमा भनिएको छ, ‘हामीलाई सुरक्षाकर्मीले अनावश्यक वा असंगत बल प्रयोग गरेको गम्भीर आरोपहरू प्राप्त भएका छन्, जुन चिन्ताजनक छ।’

ओएचसीएचआरले युवाहरूले भ्रष्टाचारविरुद्ध आयोजना गरेका प्रदर्शन र सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध दुवैलाई गम्भीर प्रश्न उठाउने विषयको रूपमा प्रस्तुत गरेको छ।

‘सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दा आधारभूत अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्छ। नेपालमा सक्रिय नागरिक समाज र लोकतान्त्रिक अभ्यास छ, र संवाद नै युवाको चासो सम्बोधन गर्ने उपयुक्त बाटो हो,’ वक्तव्यमा भनिएको छ।

यसैगरी सामाजिक सञ्जाल नियमनका नाममा चालिएको सरकारी कदमले मानवअधिकारसम्बन्धी दायित्व उल्लङ्घन गर्ने भन्दै पुनर्विचार गर्न पनि राष्ट्रसंघीय निकायले भनेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : २२ बजे

नेपाली बिरामीको जटिल कोलोरेक्टल क्यान्सर सफल उपचार : म्याक्स हेल्थकेयर

काठमाडौं-नेपाली बिरामीमा देखिएको दुई जटिल कोलोरेक्टल क्यान्सर केसमा भारतको वैशालीस्थित

बालेन्द्रको चुनावी प्रचारका क्रममा ढलेका सिटौलाको निधन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

हिरासतबाट छुटेपछि महान्यायाधिवक्ताविरुद्धको उजुरीमा कारबाही प्रगति खोज्दै अख्तियारमा युवराज सफल

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले पदको दुरुपयोग गर्दै गम्भीर प्रकृतिका मुद्दा

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु