प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो « Khabarhub

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको ज्यान जाने गरि भएको जेनजीको आन्दोलनमा सरकारी दमनबारे मुख खोलेका छन् ।

जेन–जी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा भएको घटनाले आफू मर्माहत भएको प्रधानमन्त्रीले बताएका छन्। उनले दुई पृष्ठ लामो वक्तव्य निकाल्दै आन्दोलनमा बाह्य घुसपैठ भई संवैधानिक निकायका कार्यालयमा तोडफोड र आगजनी भएपछि अप्रिय स्थिति आएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जेन–जी पुस्ताले राखेका मागप्रति सरकार नकारात्मक थिएन। हामी उनीहररूको माग सुन्दै थियौं। तर घुसपैठियाले राज्यका सम्पत्तिमा तोडफोड र आगजनी गरेपछि त्यसलाई रोक्ने क्रममा ज्यान जाने दुःखद अवस्था आयो।’

सामाजिक सञ्जालबारे ओलीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने नीति नलिएको स्पष्ट पारेका छन्। सर्वोच्च अदालतको आदेशपछि सम्बन्धित कम्पनीलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गरिएको पनि उनले बताएका छन्। केही कम्पनीले आदेश पालना नगरेकाले अस्थायी रुपमा सामाजिक सञ्जाल निस्क्रिय गरिएको उनको भनाइ छ।

प्रधानमन्त्रीले भनेका छन्, ;सरकार सामाजिक सञ्जाललाई रोक्ने पक्षमा छैन। दर्ता र सूचीकरणपछि प्रयोग गर्न सकिने वातावरण सुनिश्चित गरिनेछ।’

प्रधानमन्त्री ओलीले सोमबारको घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई राहत र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै, उनले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरिने घोषणा गर्दै आगामी दिनमा यस्ता दुर्घटना रोक्न आवश्यक सिफारिस गरिने पनि बताएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : २९ बजे

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्