जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ « Khabarhub

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएएको छ। सोमबार राति सार्वजनिक गरिएको विज्ञप्तिमा आन्दोलनकारी युवाहरूले सरकारको दमनबीच आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।

आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले जारी गरेको वक्तव्यमा सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन् ।

तर उनीहरूले ती अराजक समूह को थिए भन्ने खुलाएका छैनन् । उता अर्का संयोजक अमित खनालले भने राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले आन्दोलनमा हिंसा हुन पुगेको बताएका छन् ।

उनीहरूले सरकारको र अराजक समूहको उक्साउने प्रयासका बाबजुद आफ्नो आन्दोलनलाई शान्तिपूर्ण र अहिंसात्मक ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् । हजारौँ घाइते भएका छन्। यो केवल संयोग होइन, भ्रष्टाचार, दुरव्यवस्था र निरंकुश प्रवृत्तिको प्रतिफल हो।’

आन्दोलनका संयोजक यादव र गौतमले जारी गरेको वक्तव्यमा सरकारले गरेको बल प्रयोगले आन्दोलन कमजोर नहुने चेतावनी दिएका छन् । ‘दमनले युवामात्र होइन, सम्पूर्ण नेपालीको सम्मानमा आघात पुर्‍याएको छु,’ उनीहरूले विज्ञप्ति भनेका छन्।

आन्दोलनकारीहरुले भदौ २४ गते (मंगलबार_ देशभर शहीद भएका युवाहरुको आत्मा शान्तिको लागि श्रद्धाञ्जली सभा आयोजना गर्न सबैलाई आह्वान गरेका छन्। विज्ञप्तिमा श्रद्धाञ्जली कार्यक्रममा सहभागी भइ समर्थन जनाउन अपिल गरिएको छ।

भ्रष्टाचारविरुद्ध राष्ट्रिय आन्दोलनले आन्दोलन अझै सशक्त बनाउँदै लैजाने स्पष्ट गर्दै सरकारलाई जनताका बलिदान र आक्रोशको कदर गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ११ : ४४ बजे

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको

एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन

पर्वत – पर्वतको जलजला गाउँपालिका-८ को फर्से बस्तीबाट दैनिक ८००