आज २०८१ साल पुस २५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल पुस २५ गते बिहीबारको राशिफल


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २५ गते बिहीबार तदनुसार सन् २०२५ जनवरी ९ तारिख। पुस शुक्ल पक्षको दशमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृष : अचानक खर्च बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा गढबढी हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। विदेशको रमझमले मन आकर्षित हुनेछ। मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

मिथुन : आम्दानी बढ्नेछ। बोलीमा सरस्वतीले बास गरेकाले बोलको कुरा कार्यान्वयन हुनेछ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। छिमेकमा भइरहेको शुभकार्यले मनमा उत्साह थप्नेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ। शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

सिंह : दिन राम्रो छ। थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ। थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ।

कन्या : कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ। दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : परिवारको कुरा विश्वास गर्दा घाटा हुनसक्छ। विवेक प्रयोग गर्नु राम्रो हुनेछ। घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। खाने समयमा अप्रिय शब्द सुन्नुपर्ने बाध्यता हुनसक्छ। अढैया शनिदेवका कारण हुने यस्ता समस्याको समाधानका लागि बिहान उठेर गणेशको भजन सुन्नु राम्रो हुनेछ।

धनु : दिन राम्रो छ। बोलेको कुरा कार्यान्वयन हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन्। स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकर : मन अशान्त हुनेछ। गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। मिठो खान लोभ गर्दा रोगले सताउने जोखिम छ। धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ।

कुम्भ : शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ। मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ।

मीन : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ मिल्नेछ। बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ। मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ५ : १२ बजे

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको