‘जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ’ « Khabarhub

‘जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ’


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा  जुटेको बताएका छन् ।

आज बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार तथा सञ्चार क्षेत्रको विकासका साथै रोजगारीका अवसर सृजना  गर्न सरकार प्रतिबद्ध भएर लागेको बताए ।

अन्तर मन्त्रालय समन्वय गरेर विकास–निर्माणका काम कार्यान्वयन गर्न सरकार लागिपरेको उनले बताए । 

उनले भने, ‘कांग्रेस र एमाले मिलेर देशको अर्थतन्त्र सुधारेर सुशासन कायम गर्दै जनतालाई उनीहरूको सरकारले राज्य सञ्चालन गरिरहेको अनुभूति गराउने गरी काम गरिरहेको छ । देशको विकासलाई नै केन्द्रमा राखेर सम्माननीय प्रधानमन्त्रीको निर्देशनअनुसार सरकार क्रियाशील छ । ‘

सरकारका प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नु भएका मन्त्री गुरुङले डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिदेखि लमजुङको समग्र विकासलाई पनि आफूले ध्यान दिएको बताए ।

उनले भने, ‘सञ्चार मन्त्रालयले सूचना तथा सञ्चार प्रविधिको विस्तारलाई प्राथमिकतामा राखेको छ, यसको उपयोगबाट समृद्धिको मार्गमा अग्रसर हुन सहज हुन्छ ।’ साथै उनले लमजुङ प्याब्सनलाई निजी विद्यालयमा ‘डिजिटल सिस्टम’ लागू गर्न आग्रह गरे । 

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ३ : ३८ बजे

सहकारी पहिलो संशोधन विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित

काठमाडौं– ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित भएको छ

ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति

एजेन्सी- भारत सरकारले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने चिन्ता

भारी वर्षाका कारण न्यू प्लाजा क्षेत्र जलमग्न (तस्बिरहरू)

काठमाडौं– अविरल वर्षापछि काठमाडौंको न्यू प्लाजा क्षेत्र जलमग्न भएको छ।

‘मुटुमाथि ढुंगा राखी’ लेख्दा झन्डै मृत्युदण्ड !

काठमाडौं – स्वर सम्राट नारायण गोपालको यो कालजयी गीत :

स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित