संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमतिविपरीत छ : एनपी साउद  « Khabarhub

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्ति सहमतिविपरीत छ : एनपी साउद 


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमति सहमतिविपरीत रहेको बताएका छन् । 

कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए । 

‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’ 

नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।

‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु । अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्दछ । विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन ।’

कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो । 

‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ । गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो । तर, अहिले त्यस्तो हुन सकेको छैन ।’ 

कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५ औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताए । ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन ।’ 

१४ औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाउने र गुटगत राजनीति अन्त्य गर्ने सन्देशसहितको नतिजा दिए पनि अहिले हेर्दा पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट नै गुटबन्दी चलिरहेको भन्दै साउदले सुधार गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन् । उनले समयमै १५ औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै महाधिवेशनका लागि सदस्यता नवीकरण प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताइन् । 

सुशासनको जगमा मात्रै समृद्धिको यात्रा तय हुने भन्दै नेतृ संग्रौलाले कांग्रेस सबै भ्रष्टाचारका फाइल खोल्ने कुरामा प्रस्ट रहेको जिकिर गरिन् ।

केन्द्रीय सदस्य अब्दुल सतारले सुझाव समेट्न र पार्टीको गुटगत राजनीति अन्त्य गर्न आफूहरू अहिले जिल्ला यात्रामा रहेको जानकारी दिए । 

यस्तै केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको आन्तरिक जीवनमा सुधार आवश्यक रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य चम्पा खड्काले आफूहरू पार्टीका कार्यकर्ताका कुराहरू सुन्न जिल्ला आएको बताइन् ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ४ : ४३ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको