पोखरामा धरौटी बुझाएमा रविलाई पक्रेर काठमाडौं पठाइने « Khabarhub

पोखरामा धरौटी बुझाएमा रविलाई पक्रेर काठमाडौं पठाइने


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला अदालत कास्कीको आदेशअनुसार ६५ लाख धरौटी बुझाएमा रवि लामिछानेलाई पुन: पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासबाट छुटे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरेर काठमाडौं पठाउने तयारीमा प्रहरी लागेको छ।

अदालतले मागेअनुसार धरौटी बुझाएमा उनलाई पक्राउ गरेर काठमाडौं पठाउने गरी प्रहरीले तयारी गरिसकेको स्रोतले जनाएको छ। सरकारी वकिलको कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविलाई ‘तत्काल छुटी जाने भएमा’ प्रहरीलाई नै जिम्मा लगाइदिने माग गरिसकेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपेका उनीसहित सातजना आरोपीलाई अदालतले तोकिएअनुसारको धरौटी लिएर छाड्न भनिसकेको छ।

प्रहरीले रविविरुद्धको सहकारी ठगी प्रकरणमा मात्रै आदेश आएको जनाएको छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आदेश नआएको तर्क प्रहरीको छ।

रविविरुद्ध जिल्ला अदालत काठमाडौं यही आइतबार मुद्दा दर्ता भइसकेको छ । रुपन्देहीमा पनि मंगलबार काठमाडौंको जस्तै मुद्दा चलिसकेको छ । चितवन र पर्सामा पनि मुद्दा अघि बढ्दैछ । त्यहीकारण अब रविलाई पोखराबाट काठमाडौंमा मुद्दा अघि बढाउन पठाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ५५ बजे

कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा शनिबार क्षेत्रीय अधिवेशन

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा

कांग्रेसको १५औँ महाधिवेशनमा लामिछाने, ओली र प्रचण्डलाई निम्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेका

बाढीमा हराएकाहरू भेटिएनन्, घामपानीले खुइलिए भित्ताका फोटो

काठमाडौं  – रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको एक महिना पूरा हुँदा

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला