पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु « Khabarhub

पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पर्वत– जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो ।

सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट थप रु तीन करोड बजेट विनियोजन भएको छ । यसअघि विनियोजन भएको रु दुई करोड १५ लाख गरी रु पाँच करोड १५ लाखमा सडक स्तरोन्नतिको योजना सुरु भएको हो ।

जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अबलगत्तै योजना अघि बढाउने तयारी भएको छ । 

चालु आवभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरीले जानकारी दिए । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आवका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए ।

आगामी आवमा मिलनचोकबाट शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनको पहल गरेको उनको भनाइ छ । 

यो सडकको करिब दुई दशकअघि मार्ग खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् । 

चालु आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजना अघि बढेकाले वडा नं ४ खोलाखेतबाट अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए  । 

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण तथा आवतजावतमा सर्वसाधारणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताए । 

गण्डकी प्रदेश सरकारले मिलनचोक बजारबाट लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर ५०० मिटर दूरीको सडक स्तरोन्नति गर्न रु एक करोड ७९ लाख विनियोजन गरेको थियो । उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।

बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आवका लागि प्रदेश सरकारले रु ७२ लाख विनियोजन गरेको छ । अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । 

सडक निर्माणका लागि युग विल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । बाँकी रहेको खोलाखेतबाट शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्र गर्न रु आठ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । 

सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत तथा ५ को रातामाटा र लेखफाँट, ६ को भोटेडाँडा, शालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  २ : ४९ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका