अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान « Khabarhub

अम्रिसोबाट आम्दानी लिँदै म्याग्दीका किसान


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– यहाँको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख रुपैयाँ आम्दानी गरिन् ।  यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताइन् । 

त्यसैगरी बेनी नगरपालिका– २ रोहोटेका बेलबहादुर घिमिरेले अम्रिसो अम्रिसो बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको बताए । यहाँका किसानले अम्रिसो प्रतिकेजी एक सय २५ रुपैयाँका दरले बिक्री गर्दै आएका छन् ।

‘गत वर्ष एक सय २५ रुपैयाँमा बिक्री गर्‍यौँ, यस वर्ष मूल्य बढेको छ भन्ने सुनेका छौँ’, घिमिरेले भने । 

उनीहरू जस्तै अन्य किसानले पनि केही वर्षअघि सम्म खेतबारीमा खेर गइरहेको अम्रिसो खेती गरेर आम्दानी लिन थालेका छन् । 

विगत पाँच वर्षदेखि म्याग्दीबाट अम्रिसो व्यापार गर्दै आएका ओढारचौरका कृष्ण गौतमले गत वर्ष १० क्विन्टल अम्रिसो खरिद गरेको र यस वर्ष पनि रु एक सय २५ मा नै १२ क्विन्टल अम्रिसो खरिद गर्नका लागि किसानलाई पेश्की बुझाइसकेको बताए । 

एक किलो अम्रिसोबाट पाँच वटासम्म कुचो बनाउन सकिने र प्रति कुचो ७५ देखि एक सय रुपैयाँसम्ममा बिक्री हुने उनको भनाइ छ ।

म्याग्दीमा प्रतिकिलो  एक सय २५रुपैयाँमा खरिद गरेको अम्रिसो पोखरामा एक सय ६०, चितवनमा एक सय ९० र काठमाडौंमा दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।
 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : २६ बजे

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा