एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल « Khabarhub

एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन् ।

एमाले ललितपुर जिल्ला कमिटीको विस्तारित बैठक, सूर्य पत्रिका र  सङ्गठन डायरी विमोचन कार्यक्रम तथा जरा केन्द्रित अभियान शुभारम्भका अवसरमा उनले राजनीतिक अस्थिरताका कारणले आजको चुनौती निम्त्याएको हो भन्दै जनतालाई एमालेले केही गर्दै छ भन्ने गरी योजना बनाउनुपर्ने बताए ।

‘युवामा छाएको निराश हटाउन, देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्छ, समाजमा विभेद, अन्याय र उत्पीडनमा परेकाले एमालेलाई खोज्ने वातावरण तयार गर्नुपर्छ, पीडितहरूले युट्युबर खोज्न भन्दा एमालेमा गए न्याय पाइन्छ भन्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उनले भने । 

महासचिव पोखरेलले पार्टीका योजनालाई व्यवहारमा प्रभावकारी रूपमा सम्पादन गर्न सफलता हासिल गर्न आग्रह गर्दै नेता धेरै हुने तर जनतासँगको सम्बन्ध बिग्रिने अवस्था हुनुहुँदैन भन्ने धारणा राखे  ।

महासचिव पोखरेलले भन, ‘वडा केन्द्रित तीन महिने अभियानमा पार्टी जुटिरहेको छ, सङ्गठन सुदृढ र सबल नहुँदा जिल्लामा बहुमतमा रहेको वामपन्थी जनमतको उपयोग हुन नसकेको अवस्था छ, यसलाई चिर्दै हामीले जनमतमा आधारित कार्यकर्तामा आधारित पार्टी निर्माणमा ध्यान दिनुपर्छ, पार्टी प्रतिष्ठाको विषय हैन, परिवर्तनको अभियान हो ।’

महासचिव पोखरेलले २०७४ पछि सङ्गठनात्मक जीवन खलबलिएको भन्दै त्यसलाई सुधार गर्दै पार्टीलाई बलियो निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताए । उनले पार्टीको नीतिलाई राष्ट्रिय नीति बनाउन पार्टीलाई स्थापित गरिनुपर्ने आवश्यकता औँल्याए । 

‘जनताले पत्याएका कार्यकर्ताका माध्यमबाट नै देशमा परिवर्तन ल्याउन सकिन्छ, जनतालाई पार्टीसँग जोड्न नै तीन महिने अभियान सुरु भएको हो, प्रत्येक वडाका कूल मतदाताको तीन प्रतिशत पार्टी सदस्यता कायम गर्नुपर्छ, पार्टी सदस्यतालाई विस्तार गर्ने अभियान अगाडि बढाउनुपर्छ,’ उनले भने । 

महासचिव पोखरेलले जनमत कायम राख्न जनसङ्गठनलाई क्रियाशील बनाउँदै विस्तार गरेर जनआधार विस्तार गर्न आग्रह गरे  । ‘वामपन्थी जनआधारलाई एक ठाउँमा ल्याउन आवश्यक छ, हामी अब कम्युनिस्ट एकताका नाममा राजनीतिक प्रहसन गर्ने पक्षमा छैनौँ, राजनीति कार्यकर्ता र समाजमा रहेका वामपन्थी अगुवालाई राजनीतिक ध्रुवीकरण गर्नुपर्छ,’ उनले भने ।

महासचिव पोखरेलले निश्चित उद्देश्यका लागि दुई वटा पार्टी मिलेर अहिले सरकार गठन भएको बताउँदै कानुमा सुधार गरेर समस्या समाधान गर्न सकिन्छ भनेर दुई वटा पार्टीका समान धारणामा आधारित भएर अध्यादेश आएको बताए ।

उनले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक अवस्था सुधार हुँदै गएको परिस्थिति अनुकूल भई नसकेको कारण लगानीको वातावरण बनिनसकेको दाबी गरे । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ३ : ३९ बजे

आज सेना दिवस : टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज

महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : न्युजिल्यान्ड सात विकेटले पराजित

काठमाडौं – आईसीसी विश्वकपमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको

विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम