मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु « Khabarhub

मुठभेडमा ३१ माओवादी र दुई भारतीय सैनिकको मृत्यु


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला मध्य भारतको घना जङ्गलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुई जना भारतीय कमान्डो मारिएका छन् ।

सीमान्तकृत आदिवासी जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूद्वारा चलाइएको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिस मारिएका छन् ।

‘३१ विद्रोही र दुई सुरक्षाकर्मी मारिएका छन् र अन्य दुई सुरक्षाकर्मी घाइते भएका छन्’, वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पी.ले भने ।

प्रहरीले क्षेत्रमा खोजी अभियान जारी राखेकोले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अधिकारीले बताए । ‘घटनास्थलमा अतिरिक्त बल पठाइएको छ’, उनले भने ।

प्रहरीको विज्ञप्तिअनुसार घटनास्थलबाट स्वचालित हतियार र ग्रेनेड लन्चर बरामद गरिएको छ । विद्रोहको मुटु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली क्षेत्रमा मुठभेड भएको थियो ।

‘नक्सलवादी (माओवादी) मुक्त भारत हासिल गर्ने दिशामा यो ठूलो सफलता हो’, भारतका गृहमन्त्री अमित शाहले भने  । उनले गत वर्ष सरकारले सन् २०२६ सम्ममा विद्रोह दबाउने अपेक्षा गरिएको बताएका छन् ।

सरकारी तथ्याङ्कअनुसार सुरक्षा बलको कारबाहीमा गत वर्ष २८७ विद्रोही मारिएका छन् । तीसमध्ये अधिकांश छत्तीसगढमा मारिएका थिए ।

माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।

उनीहरू भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे । सन् २००० दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्यामा वृद्धि गर्‍यो ।

त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्‍यो ।

यस द्वन्द्वमा सरकारी बलहरूमाथि धेरै घातक आक्रमणहरू पनि भएका छन् । गत महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिक मारिएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ४ : १४ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै