पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

पोखरा– लेकसाइडमा आइतबार बिहानीपख भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले रानाभाट र अधिकारी दुवैलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ४१ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा