पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु « Khabarhub

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

पोखरा– लेकसाइडमा आइतबार बिहानीपख भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

बिहानीपख लेकसाइडबाट सहिदचोकतिर आउँदै गरेको ग१३प ६७१९ नम्बरको मोटरसाइकलका चालकले नियन्त्रण गुमाई सोलार पोलमा ठोक्किएको प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । अस्पतालमा चिकित्सकले रानाभाट र अधिकारी दुवैलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ४१ बजे

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै