चालकसहित तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो  « Khabarhub

चालकसहित तीन जना चढेको डोजर कर्णाली नदीमा फस्यो 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

धनगढी– विकास निर्माणको कार्यका लागि जुम्लाबाट हुम्ला जाने क्रममा हिमाली गाउँपालिका–४ झुगलामा रहेको कर्णाली नदीमा डोजर फसेको छ । 

पत्रकार नारायणदत्त उपाध्यायका अनुसार ५ घण्टादेखि चालकसहित तीन जना चढेको डोजर बीच कर्णाली नदीमा फसेको हो ।

प्रत्यक्ष स्थलमै रहेका पत्रकार उपाध्यायले हाल डोजरसहितको उद्धार जारी रहेको बताएका छन् ।  

उपाध्यायका अनुसार डोजर कर्णाली नदीमा खसेको तर पूर्ण रूपमा नडुबेको अवस्थामा रहेकोले तीनै जनाको अवस्था सामान्य रहेको छ । 

उद्धारका लागि धुलाचौर प्रहरी चौकीबाट टोली खटिएको छ । भने, हिमाली गाउँपालिकाले र्याफ्टीङको प्रयोग गरेर उद्धार कार्य जारी राखेको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र