भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार्नु पर्छ : बाबुराम भट्टराई « Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणाली सुधार्नु पर्छ : बाबुराम भट्टराई


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले सत्तामा पुग्नका लागि करोडौँ खर्च गर्न र सत्तामा पुगेपछि त्यसलाई दोहन गर्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका हुन् ।

चूनावमा लाग्ने खर्च राज्यले नै व्यहोर्ने र कम खर्चिलो बनाउने गरी आवश्यक सुधारको खाँचो रहेको उनले बताए । उनले राज्यका हरेक निकायलाई पनि सुधार गर्न सके भ्रष्टाचार नियन्त्रण हुने दाबी गरे  ।

भट्टराईले नयाँ बैकल्पीक शक्ति बनाउनका लागि बिचार मिल्नेहरूसँग सहकार्य गर्दै जाने र पुराना शक्तिहरूलाई बाइ–बाइ गर्ने जिकिर गरे । उनले अहिलेको उपलब्धिलाई रक्षा गर्दै थप सुदृढ बनाउनका लागि केही समय ठूला दलसँग सहकार्य गर्नुपरेको बताए ।  

प्रथम महाधिवेशनमा भट्टराईले नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् । 

त्यस्तै नेसपाले महाधिवेशन आयोजक समिति विघटन गरी अध्यक्ष मण्डल गठन गरेको छ । पदाधिकारी र केन्द्रीय समिति सदस्य चयन गर्दै महाधिवेशन मंगलबार सम्पन्न हुने नेसपा (नयाँ शक्ति) ले जनाएको छ । 

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : ३३ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले