प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी « Khabarhub

प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाको खेति नगर्न माओवादीलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गिरीले माओवादी अध्यक्ष प्रचण्डले सदनमा तथ्यहिन ढंगले सरकारमाथि आरोप लगाएको भन्दै जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई चेतावनी दिएका हुन् ।

विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर प्रधानमन्त्रीको बद्नाम गर्न खोजिएको उनले बताए ।

गिरीले बजारको हल्लाका आधारमा प्रधानमन्त्रीबिरुद्ध अनुसन्धान गर्ने भए क्यान्टनमेन्टको पैसा दुबईका बैंकमा, अमेरिकाको बैंकमा रहेका बिषयमा रहेको बिषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राखे ।

सदनमा प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवालो छर्ने काम गरेको भन्दै सडकमा बोल्ने मान्छेले जसरी प्रस्तुत नहुने प्रचण्डलाई सुझाव दिए ।

उनले अध्यादेशका बिषयमा पनि भ्रम छर्ने काम भएको भन्दै प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको बिषयलाई नभुल्न आग्रह गरे ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र