प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी « Khabarhub

प्रचण्डले सरकारमाथि तथ्यहिन आरोप लगाए : पदम गिरी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता पदम गिरीले जनतालाई भ्रम फैलाएर निराशाको खेति नगर्न माओवादीलाई चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै गिरीले माओवादी अध्यक्ष प्रचण्डले सदनमा तथ्यहिन ढंगले सरकारमाथि आरोप लगाएको भन्दै जनतालाई भ्रम फैलाएर निराशाका खेति नगर्न माओवादीलाई चेतावनी दिएका हुन् ।

विना तथ्य बजारमा उठेका र नियोजित विषयलाई उठाएर प्रधानमन्त्रीको बद्नाम गर्न खोजिएको उनले बताए ।

गिरीले बजारको हल्लाका आधारमा प्रधानमन्त्रीबिरुद्ध अनुसन्धान गर्ने भए क्यान्टनमेन्टको पैसा दुबईका बैंकमा, अमेरिकाको बैंकमा रहेका बिषयमा रहेको बिषयमा पनि अनुसन्धान हुनुपर्ने धारणा राखे ।

सदनमा प्रचण्डले तथ्यलाई बङ्ग्याएर संसदको रोष्टमबाट भ्रमको तुवालो छर्ने काम गरेको भन्दै सडकमा बोल्ने मान्छेले जसरी प्रस्तुत नहुने प्रचण्डलाई सुझाव दिए ।

उनले अध्यादेशका बिषयमा पनि भ्रम छर्ने काम भएको भन्दै प्रचण्ड प्रधानमन्त्री हुँदा अध्यादेश ल्याएको बिषयलाई नभुल्न आग्रह गरे ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ७ : ४८ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित