भारतको आरोप- पाकिस्तानको विश्वास गर्न सकिँदैन « Khabarhub

भारतको आरोप- पाकिस्तानको विश्वास गर्न सकिँदैन

'ट्रयाक रेकर्ड राम्रो छैन'


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – पाकिस्तानसँग बढ्दो तनावबीच बिहीबार भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलन गरेका छन् ।

उनले पाकिस्तानसँगको तनावबारे प्रतिक्रिया दिँदै स्पष्ट रूपमा भारत तनाव बढाउने पक्षमा नरहेको बताए ।

उनले भने, ‘तनाव र उक्साहटको यो सिलसिला अप्रिल २२ मा पहलगाममा भएको हमलाबाट सुरु भएको हो । भारतले मे ७ मा त्यसको जवाफ दिएको छ ।’

मिस्रीले पाकिस्तान समर्थित आतंकी संगठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले पहलगाम हमलाको जिम्मेवारी लिएको बताएका छन् । ‘अप्रिल २२ मा उनीहरूले दुई पटक यो घटनाको जिम्मेवारी लिएका थिए’, उनले भने, ‘तर जब घटनाको गम्भीरता महसुस गरियो, तब संगठनका सदस्यले यसलाई खण्डन गरे।’

उनले जब संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले यस घटनालाई लिएर विज्ञप्ति जारी गर्दै थियो, त्यसपछि केवल पाकिस्तानले मात्रै टीआरएफ उल्लेख गरिएकोमा विरोध गरेको बताए ।

मिस्रीले भने, ‘तपाईंले देख्नुभएको छ, पाकिस्तानका रक्षा मन्त्री र पूर्व विदेश मन्त्रीले आफूसँग आतंकवादी संगठनसँग कस्तो सम्बन्ध रह्यो भन्ने कुरा स्वीकारेका छन्।’

पाकिस्तानले पहलगाम हमलाको निष्पक्ष संयुक्त अनुसन्धान टोलीमार्फत जाँच गराउने प्रस्ताव गरेको थियो।

मिस्रीले भने, ‘यस मामिलामा पाकिस्तानको ट्र्याक रेकर्ड राम्रो छैन। चाहे त्यो २००८ को मुम्बई हमला होस् वा पठानकोट हमला। भारतले दुवै घटनामा पाकिस्तानसँग सहयोगको प्रस्ताव गरेको थियो, फरेन्सिक प्रमाणहरू उपलब्ध गराएको थियो। केस त दर्ता भए, तर कुनै प्रगति भएन। पठानकोट घटनामा त संयुक्त जाँचसमेत गरिएको थियो।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ६ : १९ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य