पाकिस्तानसँग तनाव : भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने « Khabarhub

पाकिस्तानसँग तनाव : भारतका एयरपोर्टमा सुरक्षा कडा, उडानभन्दा तीन घण्टा पहिले पुग्नुपर्ने


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पाकिस्तानसँगको बढ्दो तनावका बीचमा भारतभरका विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ ।

सबै यात्रुहरूको दोस्रो स्तरको चेकिङ (सेकेन्डरी लेडर पोइन्ट चेकिङ) अनिवार्य गरिएको छ। इन्डिगो र स्पाइसजेट एयरले यात्रासम्बन्धी सल्लाह जारी गर्दै यात्रुलाई बढी सतर्क रहन आग्रह गरेका छन्।

भारतको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत गरिएको कारबाहीले पाकिस्तानसँग युद्धको अवस्था बनाएको छ। सीमामा पछिल्लो ३६ घण्टामा स्थितिहरू तीव्र रूपमा परिवर्तन भएका छन्।

यिनै कारणले भारतभरका विमानस्थलमा अलर्ट जारी गरिएको हो। तनावको बीचमा पञ्जाब, जम्मु–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थल अस्थायी रूपमा नागरिक उडानका लागि बन्द गरिएका छन्।

उडानको तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने

स्पाइसजेटले यात्रुलाई उडानअघि कम्तिमा तीन घण्टा पहिला विमानस्थलमा पुग्न सुझाव दिएको छ । कडाइका साथ चेकिङ र बोर्डिङ प्रक्रिया सहज रूपमा सम्पन्न गर्न यस्तो भनिएको हो । इन्डिगोले पनि यात्रुलाई यात्रा समयभन्दा बढी समय छुट्याउन अपील गर्दै सुरक्षा कडा बनाइएको जनाएको छ।

इन्डिगोले जानकारी श्रीनगर, जम्मु, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला, बीकानेर, जोधपुर, किशनगढ र राजकोट गन्तव्यका लागि ८ मे २०२५ वा त्यसअघिको बुकिङ रद्द वा परिवर्तन गर्दा कुनै अतिरिक्त शुल्क नलिइने जनाएको छ । यो सुविधा २२ मे २०२५ सम्म लागू हुनेछ।

बीसीएएसको सुरक्षा निर्देशन

नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले सबै विमानस्थल र एयरलाइन्सहरूलाई सुरक्षा बढाउन आदेश दिएको छ। सबै यात्रुहरूका लागि दोस्रो चरणको सुरक्षा चेकजाँच अनिवार्य छ । टर्मिनल भवनमा आगन्तुकको प्रवेशमा रोक लगाइएको छ।

एयरपोर्टमा एयर मार्शलहरू तैनाथ गरिएको छ। एयर इन्डियाले यात्रुलाई अब तीन घण्टा पहिले एयरपोर्टमा पुग्न र चेक-इन प्रस्थानभन्दा ७५ मिनेट पहिले बन्द हुने जानकारी गराएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ०६ बजे

ज्ञानबहादुर शाही राप्रपा दलका नेता, खुश्बु ओ‌ली प्रमुख सचेतक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट प्रत्यक्षतर्फका विजेता ज्ञानबहादुर शाहीलाई संसदीय

पाहाँ चर्‍हे जात्रा समापन (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्‍हे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई