रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान « Khabarhub

रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त : पाकिस्तान


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानले रफायल लडाकु विमानसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका हुन् ।

‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ राष्ट्रियसभामा उनले भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको बताए ।

उनले आफ्नो मुलुकमा प्रहार भएका २५ वटा ड्रोन ध्वस्त पारेको पनि राष्ट्रियसभालाई जानकारी दिए । उनले कश्मीरको लाइन अफ कन्ट्रोलमा भएको झडपका क्रममा ५० जना भारतीय सैनिक मारिएको पनि दाबी गरे ।

उनले पछिल्ला विकसित घटनाक्रमसँगै पाकिस्तानी सेनालाई पूर्ण अख्तियारी दिएको उल्लेख गर्दै उपयुक्त समय र स्थानमा भारतलाई कठोर जवाफ दिइने उल्लेख गरे ।

यसअघि पाकिस्तानले भारतीय वायुसेनाको तीन वटा रफायलसहित ५ लडाकु विमान खसालेको दाबी गरेको थियो । भारतले पाकिस्तानी दाबीबारे मुख खोलेको छैन ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  २ : ०० बजे

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बूढीगण्डकी बाढी : कांग्रेस सभापति थापाद्वारा उद्धारमा जुट्न आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गोरखाको बूढीगण्डकी नदीमा आएको