विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव « Khabarhub

विपक्षी विचारलाई आतङ्कित पार्ने भन्दा गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रम औपचारिकता पूरा गर्न आएको बताए । उनले भने, ‘सरकार आफैं निराश छ, उत्साह छैन विधि नीति तथा कार्यक्रम विधि पुर्‍याउन ल्याइदिए जस्तो रहेको छ ।’ लिङ्देनले नीति तथा कार्यक्रम विगत भन्दा दुई चार कुरामा मात्र फरक रहेको बताए । ‘अघिल्लो साल ८१ पेजको थ्यो अहिले ५६, पुरानै राम्रो ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले सरकार आफैंले यो व्यवस्था नै अनिश्चित छ भन्ने देखाएको भन्दै धन्यवाद दिए । उनले गणतन्त्र व्यवस्था विरुद्ध फरक मत राख्न पाइने बताए । ‘फरक मत राख्नेका विरुद्ध कानुन बनाउनु पाइँदैन, यो संविधानले नै निशेधित गरेको विषय हो ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले संविधानले राजसंस्था आउन सक्ने प्रष्ट पारेको बताए । उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहीत सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिने छैन, भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिने रहेछ भन्ने कुरा त यो संविधानले नै प्रष्ट पारेको छ ।’

उनले कतिपय राजावादीहरूले संविधानको पूर्ण खारेजीको कुरा गर्दा यो संविधानका सबै कुरा नराम्रा छन् भन्ने होइन, यो संविधानमा भएका कतिपय कुरा जोगाएर लानुपर्छ भन्ने गरेको बताए । ‘यो संविधानले दिएको सुविधाअनुसार नै राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मान्यताका कुराहरू उठाइरहेको छ ।’ उनले भने ।

अध्यक्ष लिङ्देनले संविधान संशोधन पेश गर्न सक्ने अवस्था रहे पनि प्रस्ताव पारित नहुने हुँदा फरक मत राख्दै आएको बताए । संसदमा बोल्दै उनले भने, ‘विपक्षी विचारलाई आतङ्कित र निशेध गर्ने खाल्का दृष्टिकोणहरू प्रस्तुत गर्नुको बदला तपाईंको गणतन्त्रप्रति आशा जगाउने काम गर्नुस् न ।’

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ३ : ०१ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर