स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न « Khabarhub

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका सम्पदास्थलमा सरसफाइ तथा रङरोगन गरिएको छ । यस वर्षको २५६९औँ बुद्धजयन्तीका अवसर पारेर ती सम्पदास्थलमा रङरोगन गरिएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीयवासी, विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा उक्त क्षेत्रमा सरसफाइ गरी फोहर व्यावस्थापन गरेको छ । यही वैशाख २९ गते बुद्धजयन्तीका दिन विश्व शान्ति तथा मानव कल्याणको कामनासहित थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट बुद्ध पूजा गरिने छ ।

बुद्धका उपदेशलाई सामूहिक वाचन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा शान्तिको सन्देश प्रवाह गरिने जनाइएको छ । बौद्ध ग्रन्थहरूको गरिने पाठले सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान पनि भनिन्छ ।

सम्पूर्ण मानव तथा प्राणीहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्वभर प्रवर्द्धन गर्न स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने महासमिति सदस्य राजुकुमार लामाले जानकारी दिए । विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा पुर्याएका क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन ऐतिहासिक तथा पुरातात्विक महत्वका फोटो प्रदर्शनी गर्ने जनाएको छ ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्न योजना बनाएको महासमिति सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए ।

महासमितिले २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायत प्रतिनिधि छन् ।

बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि बिहान ४ः०० बजेदेखि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ४४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा