स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न | Khabarhub Khabarhub

स्वयम्भू आसपासका सम्पदास्थलमा रङरोगन सम्पन्न


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य तथा आसपासका सम्पदास्थलमा सरसफाइ तथा रङरोगन गरिएको छ । यस वर्षको २५६९औँ बुद्धजयन्तीका अवसर पारेर ती सम्पदास्थलमा रङरोगन गरिएको हो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्थानीयवासी, विभिन्न सङ्घसंस्थाहरूको समन्वयमा उक्त क्षेत्रमा सरसफाइ गरी फोहर व्यावस्थापन गरेको छ । यही वैशाख २९ गते बुद्धजयन्तीका दिन विश्व शान्ति तथा मानव कल्याणको कामनासहित थेरवाद, महायान र बज्रयान गरी तीनै बौद्ध सम्प्रदायका गुरुहरूबाट बुद्ध पूजा गरिने छ ।

बुद्धका उपदेशलाई सामूहिक वाचन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा शान्तिको सन्देश प्रवाह गरिने जनाइएको छ । बौद्ध ग्रन्थहरूको गरिने पाठले सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास गरिन्छ । बौद्ध साहित्यमा तीन सम्प्रदायलाई त्रियान पनि भनिन्छ ।

सम्पूर्ण मानव तथा प्राणीहरूको कल्याणका लागि बुद्धको शिक्षा उपयोगी रहेकाले उक्त सन्देश विश्वभर प्रवर्द्धन गर्न स्वयम्भू विकास मण्डलको उत्तरपट्टि बुद्ध जीवनी प्रदर्शन गरिने महासमिति सदस्य राजुकुमार लामाले जानकारी दिए । विसं २०७२ मा भूकम्पले त्यस क्षेत्रका सम्पदामा पुर्याएका क्षतिग्रस्त संरचनाको जीर्णोद्धार गरी महासमितिले सोही दिन ऐतिहासिक तथा पुरातात्विक महत्वका फोटो प्रदर्शनी गर्ने जनाएको छ ।

स्वयम्भू तथा त्यस आसपास क्षेत्रमा लाग्ने स्थानीय जात्रा पर्व, संस्कृतिको संरक्षण गर्दै आएको महासमितिले वैशाख पूर्णिमा मेलालाई व्यवस्थित गर्न योजना बनाएको महासमिति सचिव चन्द्ररत्न बुद्धाचार्यले बताए ।

महासमितिले २५६९औँ बुद्धजयन्ती व्यवस्थापन मूल समारोह समिति गठन गरेको छ । उक्त समितिमा पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका–१५, महानगरीय प्रहरी प्रभाग स्वयम्भू, स्थानीय धार्मिक सङ्घसंस्थालगायत प्रतिनिधि छन् ।

बुद्ध जयन्तीका दिन पूजा गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहबाट आउने धर्मावलम्बीका सहजताका लागि बिहान ४ः०० बजेदेखि दर्शन तथा पूजाको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ८ : ४४ बजे

चार दिनदेखि मोरङको बेलबारीका चार बालिका बेपत्ता

मोरङ – मोरङको बेलबारी नगरपालिका-२, लालभित्तीबाट एकै स्थानका चार जना

बाख्रा उपहार पाएपछि महिला खुसी

बागलुङ – काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको

झापामा चितुवा आतङ्कको त्रास

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला

परराष्ट्रमन्त्री डा. राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको