भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो « Khabarhub

भारत–पाकिस्तान तनाव : एलओसीपछि नेपाली सीमामा पनि कडा निगरानी, सुरक्षाकर्मी थपियो


२६ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – बिहीबार रातिदेखि पाकिस्तानसँग तनाव चुलिएपछि भारतले नेपालतर्फको सीमावर्ती क्षेत्रमा पनि विशेष सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। भारतको खुला सीमा नेपालसँग जोडिएकाले उच्च सतर्कता घोषणा गरिएको छ।

भारत–नेपाल सीमा क्षेत्रमा पनि अब सुरक्षा बढाइएको छ। थप सुरक्षाकर्मीहरू सीमामा खटाइएका छन्। दिनसँगै राति पनि कडा गस्तीको निर्देशन दिइएको छ। प्रहरी र एसएसबी (सशस्त्र सीमा बल) का जवानहरू दुर्गम तथा कच्ची सडकमा पनि निगरानीमा निस्केका छन्।

उता उत्तर प्रदेशको पिलीभीत क्षेत्रमा शुक्रबार दिउँसो ‘यलो अलर्ट’को अभ्यास गरिँदै सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउने कोसिस गरिएको छ। जिल्ला अधिकारी (डीएम) र प्रहरी प्रमुख (एसपी)ले सहरको निरीक्षण गरेका छन्।

सीमामा थप फोर्स तैनाथ

तनाव बढेपछि सीमावर्ती इलाकामा निगरानी कडा पारिएको छ । नेपालतर्फ खुला सीमा रहेका कारण शुक्रबार निर्देशनअनुसार थप फोर्स पठाइएको छ। क्षेत्रीय प्रहरीसहित पीएससीका दुई टोलीहरू सीमामा तैनाथ गरिएका छन्।

प्रहरी र एसएसबीले संयुक्त रूपमा सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेका छन् । आवतजावत गर्ने नागरिकहरूको कडाईका साथ जाँच भइरहेको छ। पक्की सडकसँगै कच्ची बाटोमासमेत विशेष निगरानी राखिएको छ । नदी करिडोरमा पनि निगरानी कडा बनाइएको छ।

पुलिस र एसएसबीको संयुक्त गस्ती

उत्तरप्रदेशको पिलीभित क्षेत्रमा सतर्कता अपनाइएको छ। यसअघि त्यहाँ मोक ड्रिल पनि गरिएको थियो। शहरको सुरक्षा व्यवस्थामा निगरानी बढाइएको छ।

सीमा क्षेत्रमा थप प्रहरी फोर्स तैनाथ गरेर निगरानीलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको छ। पिलभितका प्रहरी प्रमुख अभिषेक यादवले संयुक्त रूपमा नियमित गस्ती गरिरहेका बताएका छन्।

नेपाली सीमामा कडा सुरक्षा

उत्तरप्रदेशको लखिमपुर खिरी जिल्लासँग जोडिएको भारत–नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। गौरीफन्टा नाकामा उच्च सतर्कता लागू गरिएको छ।

लगातार तेस्रो दिन शुक्रबार एसएसबीले सीमा क्षेत्रमा कडाईका साथ जाँच र गस्ती बढाएको छ। मोहना नदीको घाट क्षेत्रमा पनि गस्ती र पेट्रोलिङ बढाइएको छ।

नेपाल आवतजावत गर्ने व्यक्तिहरू तथा सवारी साधनलाई कडाईसाथ जाँच भइरहेको छ। परिचयपत्रसहितका प्रमाणहरू जाँच्नुका साथै सवारी साधन चेक गरेर यात्रुसँग सोधपुछको क्रम बढाइएको छ।

याे पनि…

दक्षिण एशियाली आकाशमा आयातित हतियार परीक्षण, चिनियाँ र इजरायली हतियारबारे चासो

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : १८ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक